Section 6
राजनीतिक प्रकृतिको कसूर नमानिने

दफा ५ को खण्ड (क) को प्रयोजनको लागि देहायका कसूरहरु राजनीतिक प्रकृतिको कसूर मानिने छैनः –

(क) भ्रष्टाचार,

(ख) मानव बेचबिखन तथा ओसारपसार वा जीउ मास्ने बेच्ने,

(ग) लागू पदार्थको उत्पादन, सञ्चय, ओसारपसार वा कारोबार,

(घ) कर, राजस्व, बैङ्किग कारोबार वा त्यस्तै किसिमको अन्य कुनै पनि किसिमका आर्थिक वा वित्तीय सम्बन्धी कसूर,

(ङ) सम्पत्ति शुद्धिकरण,

(च) जवर्जस्ती करणी,

(छ) बाल यौन दुराचार,

(ज) वन्य जन्तु वा वन पैदावारको अवैध हानी नोक्सानी वा अवैध ओसारपसार सम्बन्धी कसूर,

(झ) जातीय हत्या (जेनोसाइड) सम्बन्धी कसूर,

(ञ) मानवता विरुद्धको कसूर,

(ट) संगठित रुपमा गरेको कुनै कसूर वा वहुराष्ट्रिय संगठित कसूर,

(ठ) विमान अपहरण वा नागरिक उड्डयनको सुरक्षा विरुद्धका कसूर,

(ड) कुटनीतिक निकाय वा कुटनीतिक सुविधा प्राप्त व्यक्ति विरुद्वको कुनै कसूर,

(ढ) खण्ड (क) देखि (ड) सम्मको कसूर गर्न उद्योग, दुरुत्साहन वा षडयन्त्र गरेको वा त्यस्तो कसूर गर्ने कार्यमा मतियार भएको वा अन्य कुनै किसिमले संलग्नता रहेको कसूर ।